पर्यटन संघसंस्थाको छाता संगठन 'नेपाल पर्यटन महासंघ' बनाउने सहमति

पर्यटन क्षेत्रका प्रमुख संघसंस्थालाई एउटै छातामुनि ल्याउन 'नेपाल पर्यटन महासंघ' गठन गर्ने प्रस्ताव अघि बढाउन व्यवसायीहरू सहमत भएका छन्। आइतबार काठमाडौँको पकनाजोलमा भएको अध्यक्षस्तरीय बैठकमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, टानका अध्यक्ष सागर पाण्डेसहित होटल एसोसिएसन नेपाल, नेपाल पर्वतारोहण संघ, पर्वतारोहण अभियान सञ्चालक संघ, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज, वायुसेवा सञ्चालक संघ, नेपाल पर्यटक यातायात व्यवसायी संघ र पाटा नेपाल च्याप्टरका प्रतिनिधि सहभागी थिए। बैठकमा पर्यटन विकास, संस्थागत सुधार, क्षेत्रले भोगिरहेका चुनौती र निजी क्षेत्रका साझा एजेन्डामाथि छलफल भएको थियो।
पर्यटन क्षेत्रलाई अझ व्यवस्थित, व्यावसायिक र नतिजामुखी बनाउन प्रस्तावित महासंघ गठन गर्न लागिएको हो। 'एक टोली, एक दृष्टिकोण, एक स्वर' भन्ने अवधारणाअनुसार साझा समस्या पहिचान गरी सरकार र सम्बन्धित निकायसँग संस्थागत संवाद गर्नुपर्ने आवश्यकता बैठकले औँल्याएको छ। समस्या समाधानका लागि संयुक्त पहल गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


