१९ असोज २०८३ English
English

बेनी–जोमसोम–कोरला सडकमा १५ किलोमिटर मर्मत बाँकी, १० दिनभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बेनी–जोमसोम–कोरला सडकमा १५ किलोमिटर मर्मत बाँकी, १० दिनभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

YouTube मा सब्स्क्राइब

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा अझै करिब १५ किलोमिटर मर्मत गर्न बाँकी छ। असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षाले क्षति पुर्‍याएको यो सडक एक हप्तादेखि १० दिनभित्र चारपाङ्ग्रे सवारीका लागि खुलाउने लक्ष्य राखिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभएको छ। करिब २०२ किलोमिटर लामो यो सडक झन्डै ५५ स्थानमा क्षतिग्रस्त भएको थियो।

म्याग्दीको राहुपारेदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म कालीगण्डकीले कटान गर्दा पैदल हिँड्नसमेत कठिन भएको छ। अवरोध भएका सबै ठाउँमा उपकरण र मजदुर खटाएर एकैसाथ मर्मत भइरहेको आयोजना प्रमुख शर्माको भनाइ छ। रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँग व्यापारका लागि कोरला नाका एक मात्र विकल्प बनेको छ।

त्यसैले सरकारले यो सडक मर्मतलाई उच्च प्राथमिकतामा राखेको छ। मुस्ताङको स्याउ र दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार पुर्‍याउन पनि सडक छिटो खुलाउन दबाब छ। पर्यटकीय याम सुरु भइसकेकाले मुस्ताङ पुग्ने यात्रुका लागि पनि यो सडक आवश्यक छ।

स्रोत

सम्बन्धित समाचार