१८ असोज २०८३ English
English

दसैँअघि बेत्रावतीमा बेलीब्रिज, रसुवा र मुस्ताङ जोड्नेबाहेक मुख्य सडक सञ्चालनमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँअघि बेत्रावतीमा बेलीब्रिज, रसुवा र मुस्ताङ जोड्नेबाहेक मुख्य सडक सञ्चालनमा

YouTube मा सब्स्क्राइब

भदौ १० गतेको बाढीले पुल बगाएको रसुवा–नुवाकोट सीमाको बेत्रावतीस्थित फलाखुखोलामा दसैँअघि नै बेलीब्रिज सञ्चालनमा आउने भएको छ। नेपाली सेनाको नेतृत्वमा बन्ने पुलका लागि आवश्यक सामग्री निर्माणस्थलमा पुर्‍याइसकिएको सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताउनुभएको छ। प्रवक्ता बस्नेतका अनुसार आगलीटार–बेत्रावती सडकखण्ड खुलेपछि सामग्री ढुवानी सहज भएको हो।

बेलीब्रिज बनेपछि पक्की पुल बगेर अवरुद्ध पासाङल्हामु मार्गमा सवारी आवागमन सुरु हुनेछ। शुक्रबारदेखि गल्छीदेखि बेत्रावतीसम्म सवारीसाधन चल्न थालेका छन्। तर स्याफ्रुबेँसी, रसुवागढी र टिमुरेलाई तत्काल मुख्य सडकसँग जोड्न समस्या छ।

बाढीले गल्छीदेखि टिमुरेसम्मको सडकको ठूलो हिस्सा बगाएको छ। रसुवा र मुस्ताङ जोड्ने सडकबाहेक बाढीपहिरोले अवरुद्ध अन्य सबैजसो मुख्य सडक खुलेका छन्। असोज ९ देखि ११ सम्मको भारी वर्षाले अवरुद्ध म्याग्दीको बेनी–मुस्ताङको जोमसोम सडक पूर्ण रूपमा बन्द छ।

यसलाई खोल्न अझै करिब एक हप्ता लाग्ने अनुमान छ। लमजुङको बेसीसहर–खाङसार सडक एकतर्फी खुलेको छ। कालीगण्डकी करिडोर पनि नवलपरासी पूर्वको बुलिङटार–६ घुमाउरी घाटमा एकतर्फी खुलेको छ।

स्रोत

सम्बन्धित समाचार