सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ अझै खुलेन, हवाई टिकट लगभग सकियो

दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ औपचारिक रूपमा अझै खुलेको छैन। पोखरा, चितवन र भैरहवाजस्ता धेरै विकल्प भएका गन्तव्यका लागि केही कम्पनीले अनलाइनमार्फत टिकट बेचिरहेका छन्। दुर्गम र यातायात सहज नभएका गन्तव्यका लागि भने सरकार र व्यवसायीले बुकिङ खुलाएका छैनन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारी निकायसँग दैनिकजसो छलफल भइरहे पनि टिकट खुलाउने विषय टुंगिन नसकेको बताउनुभएको छ। उहाँका अनुसार दुई–तीन दिनपछिको यात्राका लागि टिकट बिक्री भइरहेको छ। दसैं लागेपछिका यात्राका लागि भने औपचारिक बुकिङ सुरु भएको छैन।
अनलाइन प्लेटफर्मले आफूखुसी गरेको बुकिङको जिम्मेवारी तिनै प्लेटफर्मको हुने अध्यक्ष सिटौलाले बताउनुभएको छ। सामान्यतया यातायात व्यवस्था विभागले दसैंभरिका लागि रुट इजाजत खुला गरेर अग्रिम बुकिङ गराउँदै आएको थियो। बसको बुकिङ अन्योलमा रहेका बेला केही उडानका हवाई टिकट भने शतप्रतिशतसम्म बिक्री भइसकेका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
