१८ असोज २०८३ English
English

बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग

YouTube मा सब्स्क्राइब

सवारीसाधन निर्माता कम्पनी होन्डाले नेपालका बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि १ लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको अमेरिकी डलरको खरिद दरअनुसार यो रकम करिब १ करोड ५३ लाख ८१ हजार रुपैयाँ बराबर हुन्छ। कम्पनीका अनुसार सहयोग रकम विपद्‌मा उद्धार र राहतका लागि सञ्चालित नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ।

होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय, थाइल्याण्डस्थित एसियन होन्डा मोटर कम्पनी लिमिटेडले थाई रेडक्रस सोसाइटीमार्फत उक्त रकम उपलब्ध गराएको हो। गत भदौ १० गते, अर्थात् अगस्ट २६ मा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनामा सघाउ पुर्‍याउन यो सहयोग गरिएको कम्पनीले जनाएको छ। सो दिन भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा जोड्ने सडक, पुल र बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।

बाढीपछि चीनसँगको रसुवागढी नाका अहिलेसम्म बन्द छ भने रसुवा र काठमाडौँबीचको सडक सम्पर्क पूर्ण रूपमा पुनर्स्थापित भइसकेको छैन। होन्डाले बाढी प्रभावित सबै परिवार र समुदायप्रति समवेदना व्यक्त गरेको छ। प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन छिट्टै सामान्य अवस्थामा फर्कने कामना पनि कम्पनीले गरेको छ।

स्रोत

सम्बन्धित समाचार