यू–१९ महिला विश्वकपअघि आइसिसी प्रतिनिधिद्वारा त्रिवि र मुलपानी मैदानको निरीक्षण

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, आइसिसीको टोलीले माथिल्लो मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानको पूर्वाधार निरीक्षण गरेको छ। नेपाल र बंगलादेशले संयुक्त रूपमा आइसिसी यू–१९ महिला विश्वकप २०२७ को आयोजना गर्न लागेका छन्। सन् २०२७ को सुरुमा हुने बताइएको प्रतियोगितामा दुवै आयोजकसहित १६ टोली सहभागी हुनेछन्, जसलाई चार समूहमा बाँडिनेछ।
खेल तालिका भने अझै सार्वजनिक भएको छैन। विश्वकपका खेल माथिल्लो मुलपानी र त्रिवि मैदानमा गराउने तथा तल्लो मुलपानीलाई अभ्यास मैदान बनाउने तयारी छ। नेपालमा कति खेल हुने भन्ने टुंगो भने लागिसकेको छैन।
आइसिसीको प्रतिनिधिमण्डलले मैदानको अवस्थासँगै विभिन्न प्राविधिक पक्ष जाँचेको छ। टोलीले पहिले माथिल्लो मुलपानी र त्यसपछि दिउँसो त्रिवि मैदानको स्थलगत अवलोकन गरेको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
