१२ असोज २०८३ English
English

एसियाली खेलकुद: टेनिसमा बास्तोला–खड्का जोडी अन्तिम १६ मा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एसियाली खेलकुद: टेनिसमा बास्तोला–खड्का जोडी अन्तिम १६ मा

YouTube मा सब्स्क्राइब

जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालका टेनिस खेलाडी अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले पुरुष डबल्सको अन्तिम १६ मा स्थान पक्का गरेको छ। हिगाशियामा पार्क टेनिस सेन्टरमा आइतबार भएको पहिलो चरणको खेलमा नेपाली जोडीले मङ्गोलियाली प्रतिद्वन्द्वीमाथि जित हात पारेको हो। मङ्गोलियाका तर्फबाट बाराख मुन्खबातार र जोल्बदार उर्नुखको जोडी कोर्टमा उत्रिएको थियो।

पहिलो सेट बास्तोला र खड्काले ६–२ ले आफ्नो पक्षमा पारेका थिए। दोस्रो सेटमा मङ्गोलियाली जोडीले ६–४ ले जित निकाल्दै खेललाई बराबरीमा ल्याएको थियो। निर्णायक तेस्रो सेट नेपाली जोडीले १४–१२ को सानो अन्तरमा जितेर खेल आफ्नो नाममा गरेको छ।

अन्तिम आठमा पुग्न अब यो जोडीले भारतीय खेलाडीको चुनौती पार गर्नुपर्नेछ।

स्रोत

सम्बन्धित समाचार