१२ असोज २०८३ English
English

आज सुदूरपश्चिमका पहाडमा भारी वर्षाको सम्भावना, भोलि देशभर आंशिक बादल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आज सुदूरपश्चिमका पहाडमा भारी वर्षाको सम्भावना, भोलि देशभर आंशिक बादल

YouTube मा सब्स्क्राइब

जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ। भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्र, मनसुनी वायु र पश्चिमी वायुको प्रभाव देशभर परेको छ।

आज सुदूरपश्चिम प्रदेशमा र अन्य प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्छ। सुदूरपश्चिमको तराईका केही स्थान र मधेशसहित अन्य प्रदेशको तराईमा पनि छिटपुट वर्षाको सम्भावना छ।

भोलि भने देशभर आंशिक बादल लाग्ने विभागले जनाएको छ। भोलि हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात तथा तराईका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने अनुमान छ। सहरगत पूर्वानुमानअनुसार वीरेन्द्रनगर र पोखरामा तापक्रम १८ डिग्री सेल्सियस र वर्षाको सम्भावना ३० प्रतिशत छ।

काठमाडौँमा १७ डिग्री तापक्रमसँगै हल्का वर्षा र चट्याङको २० प्रतिशत सम्भावना छ। नेपालगञ्जमा तापक्रम २२ डिग्री र वर्षाको सम्भावना २० प्रतिशत छ। विराटनगरमा २४ र जनकपुरमा २२ डिग्री तापक्रम रहने तथा आंशिक बादल लाग्ने विभागले उल्लेख गरेको छ।

यी दुवै सहरमा वर्षाको सम्भावना छैन।

स्रोत

  • जल तथा मौसम विज्ञान विभाग

सम्बन्धित समाचार