एनपिएल तेस्रो संस्करणका लागि कीर्तिपुर मैदानको तयारी अन्तिम चरणमा

नेपाल प्रिमियर लिग, एनपिएलको तेस्रो संस्करणका लागि कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता सुरु हुन करिब तीन हप्ता बाँकी रहँदा मैदानमा पूर्वाधार निर्माण र व्यवस्थापनको काम तीव्र बनाइएको नेपाल क्रिकेट सङ्घ, क्यानका सचिव पारस खड्काले बताउनुभएको छ। दसैँसम्म सबै काम सकेर प्रतियोगिताका लागि पूर्ण रूपमा तयार हुने योजना रहेको उहाँले बताउनुभएको छ।
हरेक संस्करण पहिलेभन्दा ठूलो बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी र विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको छ। प्रतियोगिता ठूलो हुँदै जाँदा क्यानको जिम्मेवारी पनि बढेको सचिव खड्काको भनाइ छ। गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार्दै यस पटक मैदानको तयारी गरिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
