धनगढीमा लिटल फ्लावर प्राइड लिगको सेमिफाइनल आजदेखि

कैलालीको धनगढीमा जारी दशौँ एसपिए लिटल फ्लावर प्राइड लिग सिनियर टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल बुधबार हुने भएको छ। लिग चरणका सबै खेल सकिएपछि चार समूहका विजेता अन्तिम चारमा पुगेका छन्। समूह ‘ए’ बाट महेन्द्रनगरको मोर्निङ्ग ग्लोरी स्कुल र समूह ‘बी’ बाट धनगढीको अनिरुद्ध जिडी ग्रुप अघि बढेका छन्।
समूह ‘सी’ बाट धनगढीकै एरिष्टो माध्यमिक विद्यालय र समूह ‘डी’ बाट घोडाघोडी सामुदायिक विद्यालयले सेमिफाइनल स्थान पक्का गरेका छन्। बुधबार बिहान ९ बजे हुने पहिलो सेमिफाइनलमा समूह ‘ए’ विजेता मोर्निङ्ग ग्लोरी स्कुलले समूह ‘सी’ विजेता एरिष्टो माध्यमिक विद्यालयको सामना गर्नेछ। दिउँसो १ बजे हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’ विजेता अनिरुद्ध जिडी ग्रुप र समूह ‘डी’ विजेता घोडाघोडी सामुदायिक विद्यालय भिड्नेछन्।
फाइनल खेल बिहीबार हुनेछ। असोज १५ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेता टोलीले २ लाख रुपैयाँ नगद, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
