सुन तोलामा १ हजार ३ सय रुपैयाँले सस्तियो, चाँदी महँगियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो कारोबार दिन आज सोमबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ। एक तोला छापावाल सुनको मूल्य अब ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको थियो।
महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ६० हजार ५ सय ४५ रुपैयाँ तोकेको छ। आइतबार १० ग्राम सुन २ लाख ६१ हजार ६ सय ६० रुपैयाँमा किनबेच भएको थियो। चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेको छ।
अघिल्लो दिन ४ हजार ७ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य अब तोलाको ४ हजार ८ सय ५ रुपैयाँ कायम भएको छ। प्रति १० ग्राम चाँदी ४ हजार १ सय २० रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार १० ग्राम चाँदी ४ हजार १ सय १० रुपैयाँ ५० पैसामा बिकेको थियो।
महासंघका अनुसार विश्व बजारमा सुन प्रतिऔंस करिब ४ हजार ३ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


