ललितपुरका १३ फार्मेसीले प्रेस्क्रिप्सनबिनै प्रतिजैविक औषधि बेचेको भेटियो, कारबाही गरिने

औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा गरेको छड्के अनुगमनमा १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै प्रतिजैविक (एन्टिबायोटिक) औषधि बिक्रीवितरण गर्ने गरेको फेला परेको छ।
विभागले ललितपुरका फार्मेसीमा आकस्मिक रूपमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा ती फार्मेसीले चिकित्सकको सिफारिसबिनै मनोमानी रूपमा प्रतिजैविक औषधि बेच्ने गरेको पाइएको हो।
प्रेस्क्रिप्सनबिनै प्रतिजैविक औषधि बेच्ने ती १३ वटा फार्मेसीलाई कारबाही गरिने जनाइएको छ।
प्रतिजैविक औषधि चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा मात्र बिक्री गर्नुपर्ने व्यवस्था छ। विभागले फार्मेसीको अनुगमन गर्दै आएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


