९ असोज २०८३ English
English

'नेपाल–जापान खेल सम्बन्ध' पुस्तक जापानमा विमोचन

· १ मिनेट पढाइ
'नेपाल–जापान खेल सम्बन्ध' पुस्तक जापानमा विमोचन
तस्बिर: नेपाल लाइभ

वरिष्ठ खेल पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ शुक्रबार जापानको नागोयामा सार्वजनिक भएको छ। नागोयास्थित दियालो रेस्टुराँमा आयोजित समारोहमा जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले पुस्तक विमोचन गर्नुभएको छ। पुस्तकमा नेपाल र जापानबीच ७५ वर्षअघि खेलकुद सम्बन्ध स्थापना भएको तथ्य समेटिएको छ।

कार्यवाहक राजदूत पौडेलले यो पुस्तकले दुई देशबीचको सम्बन्ध बुझ्न सजिलो बनाउने बताउनुभएको छ। समारोहमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद गौचन, नेपाल सफ्ट टेनिस सङ्घका अध्यक्ष तथा अन्तर्राष्ट्रिय सफ्ट टेनिस सङ्घका मानार्थ अध्यक्ष विनयविक्रम शाह सहभागी हुनुभएको छ। पूर्वकराते खेलाडी देव घिमिरे, आइएसकेएका विश्व च्याम्पियन अविरल घिमिरे र मोना आइसीसीका उपाध्यक्ष दीपक केसी पनि कार्यक्रममा सहभागी हुनुभएको छ।

एनआरएनए जापानका महासचिव श्यामशीतल श्रेष्ठ र एनआरएनए जापान नागोया क्षेत्रीय समितिका संयोजक योमन देवान पनि समारोहमा उपस्थित हुनुहुन्थ्यो।

स्रोत

सम्बन्धित समाचार