९ असोज २०८३ English
English

त्रिविको दीक्षान्त समारोह अब सातै प्रदेशमा

· १ मिनेट पढाइ
त्रिविको दीक्षान्त समारोह अब सातै प्रदेशमा
तस्बिर: थाहाखबर

त्रिभुवन विश्वविद्यालयले ५२औँ दीक्षान्त समारोह सातवटै प्रदेशमा फरक-फरक समयमा आयोजना गर्ने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले बिहीबार यसबारे सूचना जारी गरेको छ र समारोहमा सहभागी हुन अनलाइन आवेदन फाराम खुला गरिसकेको छ। परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर लक्ष्मण पौडेलका अनुसार एमफिल र विद्यावारिधि गर्ने, टपर तथा पदक पाउने विद्यार्थीको समारोह पनि बागमती प्रदेश केन्द्रमै हुनेछ।

यसबाहेक कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश केन्द्रमा पनि दीक्षान्त समारोह हुनेछ। सूचनाअनुसार २०८२ साल असार १ गतेदेखि २०८३ साल जेठ ३१ गतेसम्म सेमेस्टर वा वार्षिक प्रणालीअन्तर्गत स्नातक, स्नातकोत्तर वा एमफिल उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थी सहभागी हुन पाउनेछन्।

स्रोत

सम्बन्धित समाचार