९ असोज २०८३ English
English

बृहत्तर लुम्बिनी क्षेत्रबारे अन्तर्राष्ट्रिय सम्मेलन सुरु

· १ मिनेट पढाइ
बृहत्तर लुम्बिनी क्षेत्रबारे अन्तर्राष्ट्रिय सम्मेलन सुरु
तस्बिर: नागरिक

बृहत्तर लुम्बिनी क्षेत्रमा केन्द्रित तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पानसमा दीप बालेर सम्मेलनको उद्घाटन गर्नुभएको छ। मन्त्री पौडेलले लुम्बिनी शान्ति र करुणासँगै आध्यात्मिक अनुभूति गर्ने थलो भएको बताउनुभएको छ।

उहाँले लुम्बिनी कुनै पनि देशको सीमाभन्दा माथि रहेको बताउनुभएको छ। लुम्बिनीलाई घुम्ने गन्तव्यभन्दा बुद्धको शिक्षा, ध्यान, सचेतना र शान्तिको अनुभव गर्ने ठाउँका रूपमा चिनाउनुपर्ने उहाँको धारणा छ। बृहत्तर लुम्बिनी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको र संरक्षण तथा विकासमा सबै पक्षको सहकार्य चाहिने उहाँले बताउनुभएको छ।

मन्त्री पौडेलका अनुसार सरकारले विश्व बैंकको साझेदारीमा लुम्बिनीको सम्पदा संरक्षणका लागि ग्लाण्ड परियोजना अघि बढाएको छ र लुम्बिनीलाई विश्वभर चिनाउने काममा पनि लागेको छ।

स्रोत

सम्बन्धित समाचार