९ असोज २०८३ English
English

डुजुआन आँधी जापानमा, लाखौँलाई सुरक्षित स्थानमा सर्न निर्देशन

· १ मिनेट पढाइ
डुजुआन आँधी जापानमा, लाखौँलाई सुरक्षित स्थानमा सर्न निर्देशन
तस्बिर: इमेजखबर

शक्तिशाली टाइफुन डुजुआन जापानमा बज्रिएपछि झन्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा सर्न वा बस्ती खाली गर्न निर्देशन दिइएको छ। जापानको मौसम विज्ञान एजेन्सीले केही क्षेत्रमा जीवनमै तत्काल खतरा हुनसक्ने चेतावनी जारी गरेको थियो, तर अहिले केही चेतावनीको स्तर घटाइएको छ। प्रभावित क्षेत्रमा प्रतिघण्टा करिब १३० किलोमिटरको गतिमा लगातार हुरी चलेको छ।

एजेन्सीका अनुसार आँधीसँगै परेको वर्षाले सेप्टेम्बरको औसत नाघ्न सक्छ र केही ठाउँमा कीर्तिमानी वर्षा हुनसक्छ। टोकियो, चिबा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ भने बाढीको जोखिम पनि बढेको अधिकारीहरूले बताएका छन्। तीव्र हावाहुरीले हजारौँ घरमा बिजुली अवरुद्ध भएको छ भने रेल सेवा पनि प्रभावित भएका छन्।

जापान एयरलाइन्सले करिब १३५ र अल निप्पोन एयरवेजले करिब १४० उडान रद्द गरेका छन्। आँधीका कारण विभिन्न कार्यक्रमसमेत रद्द भएका छन्। प्रधानमन्त्री सनाए ताकाइचीले उद्धार र राहतका लागि उच्च सतर्कताका साथ काम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।

यो समाचार भिडियोमा

डुजुआन आँधी जापानमा, लाखौँलाई सुरक्षित स्थानमा सर्न निर्देशन

स्रोत

सम्बन्धित समाचार