२७ असोज २०८३ English
English

राजमार्गका होटलमा बासी र गुणस्तरहीन खाना खुवाए चालक र सञ्चालक दुवैलाई कारबाही

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राजमार्गका होटलमा बासी र गुणस्तरहीन खाना खुवाए चालक र सञ्चालक दुवैलाई कारबाही
तस्बिर: बिजमाण्डू

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई सफा होटलमा स्वच्छ र गुणस्तरीय खाना खुवाउन निर्देशनात्मक विज्ञप्ति जारी गरेको छ।

विभागले यात्रुले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाडी रोक्न चालकलाई निर्देशन दिएको छ।

सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्गका होटल तथा रेस्टुरेन्टमा बासी र गुणस्तरहीन खाना खुवाइएमा सवारी चालक तथा होटल सञ्चालक दुवैलाई कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ।

विभागले यस्तो समस्या देखिएमा यात्रुलाई '१००' मा उजुरी गर्न आग्रह गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २७ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 27 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार