मधेस प्रदेशका स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै युवाहरूको प्रदर्शन

मधेस युवा सञ्जालले प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति रोक्न नसकेको आरोप लगाउँदै मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको तुरुन्त राजीनामा माग गरेको छ। आफ्ना मागको सुनुवाइ नभएको भन्दै सञ्जालले जनकपुरधामको मधेस भवनअगाडि प्रदर्शन गरेको हो। सञ्जालले यसअघि स्वास्थ्य सेवा पारदर्शी र जनमुखी बनाउन माग गर्दै मन्त्रालयका सचिव डा.
प्रमोदकुमार यादवलाई १५ दिनको समयसीमासहित ज्ञापनपत्र बुझाएको थियो। तोकिएको अवधिमा सरकारले ठोस कार्ययोजना ल्याउन नसकेको र मन्त्रीले ज्ञापनपत्रबारे थाहा नभएको बताएपछि युवाहरू आक्रोशित भएका हुन्। सञ्जालका प्रतिनिधि किसन साहले स्वास्थ्य सेवा राजनीतिक वा प्रशासनिक विषय होइन, नागरिकको मौलिक अधिकारसँग गाँसिएको मुद्दा भएको बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


