१६ असोज २०८३ English
English

राहदानी प्रणाली: भुक्तानीका लागि जर्मन कम्पनीको दबाब, पाँच दिनको सर्तमा सेवा चालू

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राहदानी प्रणाली: भुक्तानीका लागि जर्मन कम्पनीको दबाब, पाँच दिनको सर्तमा सेवा चालू

YouTube मा सब्स्क्राइब

राहदानी विभागको बायोमेट्रिक प्रणाली चलाइरहेको जर्मन कम्पनी मुलबरले बाँकी रकम भुक्तानी गर्न नेपाललाई ताकेता गरेको छ। नेपाली राहदानीको बायोमेट्रिक र पुस्तिका छपाइको ठेक्का मुलबर र भेरिडोस गरी दुई जर्मन कम्पनीले पाएका थिए। मुलबरले असोज ९ गते विभागलाई इमेल पठाएर सेवाबापतको रकम माग्दै बक्यौता नपाए सेवा अवरुद्ध हुने चेतावनी दिएको थियो।

कम्पनीले करिब १ लाख ७० हजार जनाको व्यक्तिगत विवरण र बायोमेट्रिकको काम सकिसकेको छ। कर्मचारी र आपूर्तिकर्तालाई रकम दिन नसकेको भन्दै कम्पनीले असोज १५ गतेसम्मको समयसीमा तोकेको थियो। बिहीबार विभागको अनलाइन प्रणाली अचानक अवरुद्ध हुँदा बायोमेट्रिकलगायतका सेवा प्रभावित भएका थिए।

विभागका एक वरिष्ठ अधिकारीले इन्टरनेटमा समस्या आएको र मर्मतका लागि सुबिसुका कर्मचारी आइपुगेको बताएका छन्। अफलाइन रूपमा गर्न सकिने अन्य सेवा भने सामान्य रूपमा चलेको ती अधिकारीले जनाएका छन्। नेपालस्थित जर्मन दूतावास स्रोतका अनुसार पाँच कार्यदिनभित्र भुक्तानी हुने नेपाल सरकारको आश्वासनपछि जर्मन सरकारले कम्पनीलाई सेवा सुचारु गर्न भनेको छ र त्यसपछि सेवा चलेको छ।

सो अवधिमा रकम नआए कम्पनी आफैँ निर्णय लिन स्वतन्त्र हुने स्रोतको भनाइ छ। परराष्ट्र मन्त्रालयले चाडपर्वसम्म सेवा नरोक्न आग्रह गरेको स्रोतले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार