१७ असोज २०८३ English
English

बेगनास तालमा पौडी खेल्ने क्रममा सल्यानका २५ वर्षीय युवकको डुबेर मृत्यु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बेगनास तालमा पौडी खेल्ने क्रममा सल्यानका २५ वर्षीय युवकको डुबेर मृत्यु
तस्बिर: थाहाखबर

पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा शनिबार साँझ एक युवकको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका २५ वर्षीय नरेश बिक रहेका छन्। उनी तालमा नुहाउँदै र पौडी खेल्दै गर्दा डुबेका थिए।

तालमा बेपत्ता भएका उनको शव गोताखोरले करिब २५ फिट गहिराइबाट निकालेको छ।

सोही साँझ पोखराकै फेवातालमा भने अचानक आएको हावाहुरी र पानीका कारण फसेका ७ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार