१७ असोज २०८३ English
English

रास्वपाले विपिन आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति बनायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रास्वपाले विपिन आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति बनायो
तस्बिर: अनलाइनखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने समिति गठन गरेको छ। पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो।

पार्टी प्रवक्ता जगदीश खरेलले समिति गठनबारे जानकारी दिएका हुन्। यो समितिले स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवार छनोट गर्नेछ।

यसैबीच, पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा काठमाडौँको वनस्थलीमा रास्वपा केन्द्रीय समितिको बैठक जारी छ।

स्थानीय तहको निर्वाचनको तयारीमा दलहरू सक्रिय भइरहेका बेला रास्वपाले यो समिति गठन गरेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार