प्रदेशको एमाले–नेकपा सहकार्य स्थानीय निर्वाचनसम्म लैजानुपर्छ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्य स्थानीय निर्वाचनसम्म लैजानुपर्ने बताएका छन्। उनले शनिबार काभ्रेको बनेपामा भएको नेकपा काभ्रे जिल्लाको एकता बैठकमा बोल्दै यस्तो बताएका हुन्।
‘यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ,’ प्रचण्डले भने। उनले कम्युनिस्टहरूसँग सहकार्य गर्ने बताए। नेपाल प्रेसका अनुसार उनले सडक आन्दोलन र स्थानीय निर्वाचनमा एमालेसँग मिलेर जाने बताएका छन्।
प्रचण्डले मुलुकको अवस्था बदलिएकाले पुरानै तरिकाबाट अघि बढेर नहुने पनि बताए। उनले देशलाई असाधारण संकटतर्फ धकेल्ने दुस्प्रयासहरू भइरहेको दाबी गरे।
उनको यो अभिव्यक्ति स्थानीय तहको निर्वाचनको तयारीसँगै आएको हो। प्रदेश सरकारमा एमाले र नेकपाबीच सहकार्य भइरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


