शिक्षा परीक्षाको नतिजा र प्रमाणपत्रमा मात्र सीमित हुनु हुँदैन : राष्ट्रपति पौडेल

ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूप पाठ्यक्रम र पठनपाठनलाई परिमार्जन गर्नुपर्ने बताएका छन्। उनले शनिबार ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले शिक्षा परीक्षाको नतिजा र प्रमाणपत्रमा मात्र सीमित हुन नहुने बताए। उनका अनुसार शिक्षाले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नुपर्छ।
आधुनिक शिक्षाले सामाजिक सद्भाव, सहअस्तित्व र विविधताको सम्मान गर्ने भावना विकास गर्नुपर्ने उनको भनाइ थियो। शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने पनि उनले बताए।
समय परिवर्तनशील भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले परिवर्तनसँगै आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेको बताए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


