३ कात्तिक २०८३ English
English

चाडपर्वमा उपत्यकामा रगत अभाव छैन, नेगेटिभ समूहमा भने कठिनाइ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्वमा उपत्यकामा रगत अभाव छैन, नेगेटिभ समूहमा भने कठिनाइ

YouTube मा सब्स्क्राइब

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रले दसैँका बेला काठमाडौँ उपत्यकामा रगतको अभाव नरहेको जनाएको छ। तर नेगेटिभ समूहको रगत माग भएमा तत्काल उपलब्ध गराउन कठिनाइ हुने केन्द्रले स्वीकार गरेको छ। केन्द्रका प्रतिनिधि सञ्जीव यादवका अनुसार सडक दुर्घटनाका घाइते, प्रसूति सेवा लिने महिला र नियमित डायलासिस गराइरहेका बिरामीका लागि रगतको अभाव छैन।

चाडपर्वमा माग बढ्ने अवस्थालाई ध्यानमा राखेर विभिन्न स्थानमा पहिल्यै रक्तदान शिविर चलाई रगत सङ्कलन गरिएको उहाँले बताउनुभएको छ। 'रगतको उपलब्धता आजको मितिमा हामीसँग सहज छ,' यादवले भन्नुभएको छ। केन्द्रले नेगेटिभ समूहको रगत सङ्कलन गरेर भण्डारण नगर्ने भएकाले त्यस्तो माग पूरा गर्न सकस पर्ने उहाँको भनाइ छ।

दसैँमा नियमित स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भए पनि आकस्मिक उपचारका लागि चाहिने रगतको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। आकस्मिक अवस्थामा माग बढेमा तुरुन्त रक्तदान गर्न सक्ने गरी नियमित रक्तदातासँग समन्वय गरिएको छ। हाल अभाव नभए पनि केन्द्रले रक्तदान अभियानलाई निरन्तरता दिएको छ।

स्रोत

सम्बन्धित समाचार