३ कात्तिक २०८३ English
English

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

YouTube मा सब्स्क्राइब

पोखरा र मुस्ताङको सदरमुकाम जोमसोमबीचको हवाई मार्गमा निजी वायुसेवा कम्पनीहरूले नियमित उडान स्थगित गरेका छन्। जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरलाइन्सले अघिल्लो साता र समिट एयरलाइन्सले सोमबारदेखि नियमित उडान बन्द गरेका हुन्। निजी क्षेत्रका दुवै कम्पनीले १८ सिटका जहाजबाट बर्सेनि दुई याममा यो रुटमा उडान गर्दै आएका छन्।

यसअघि अगस्टदेखि नोभेम्बरसम्म नियमित उडान हुने गरेकोमा यस वर्ष पर्यटकीय याम नसकिँदै सेवा रोकिएको छ। प्रमुख शर्माका अनुसार तारा एयरका तीनवटा जहाजमध्ये एउटा अहिले मर्मतमा छ। समिट एयरका चारवटा जहाजमध्ये एउटालाई पनि मर्मतका लागि लैजाने तयारी भइरहेको छ।

समिट एयरलाइन्सका जोमसोम स्टेसन इन्चार्ज सुमन थकालीले रसुवाको विनाशकारी बाढी र देशका विभिन्न ठाउँमा बाढी–पहिरोले सडकमार्ग अवरुद्ध भएका घटनालाई हवाई यात्रुमा परेको असरको कारण बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार