२३ असोज २०८३ English
English

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

YouTube मा सब्स्क्राइब

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकगायक पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी प्रतिष्ठानको नवौँ महाधिवेशनमा अध्यक्ष पदका लागि उहाँको मात्र मनोनयन दर्ता भएको थियो। यसअघि शर्मा प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी र महासचिवमा शिव हमाल पनि निर्विरोध चुनिनुभएको छ। द्वितीय उपाध्यक्षको सांगठनिक पदमा राजु ढकाल र प्रशासनिक पदमा रमेशराज भट्टराई चुनिनुभएको छ। उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा हुने भएको छ।

उक्त पदका लागि खेम सेञ्चुरी, देवी घर्ती, खुमन अधिकारी, पूर्णकला बीसी र रविन लामिछानेसहित करिब एक दर्जन उम्मेदवार मैदानमा छन्। महाधिवेशनले शनिबार नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ।

स्रोत

सम्बन्धित समाचार