हिमपातले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध, २०० भन्दा बढी कन्टेनर भन्सार यार्डमै
शनिबार रातिदेखि परेको अविरल वर्षा र हिमपातका कारण मुस्ताङको जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरदेखि कोरला नाकासम्मको सडक प्रभावित भएको हो।
हिमपातका कारण कोरला नाका बन्द हुँदा क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ। २०० भन्दा बढी कन्टेनर भन्सार यार्डमा अलपत्र परेका छन्।
मुस्ताङ हुँदै चीनको कोरला नाका जोड्ने कालीगण्डकी करिडोर सडकका ४६ स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्ने, ढुंगा झर्ने र सडक कटान हुने समस्या देखिएको छ।
तीन दिनदेखिको अविरल वर्षाका कारण करिडोरअन्तर्गतका विभिन्न सडकखण्डमा पहिरो, डुबान र बाढीले क्षति पुर्याएको छ। सडक अवरुद्ध भएपछि पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा राखिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


