बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार तीव्र बनाउन रास्वपाको सरकारलाई आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेको छ।
अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति रास्वपाले दुःख व्यक्त गरेको छ।
रास्वपा सभापति रवि लामिछानेले प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकको खोजी र घाइतेको उपचारलाई अझ तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्।
पार्टीले प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्स्थापनाको काम पनि तीव्र बनाउन सरकारलाई आग्रह गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


