१२ असोज २०८३ English
English

धौलागिरि क्षेत्रमा सञ्चार र बिजुली विच्छेद, पुनःस्थापनाको काम जारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
धौलागिरि क्षेत्रमा सञ्चार र बिजुली विच्छेद, पुनःस्थापनाको काम जारी

YouTube मा सब्स्क्राइब

बाढीले कालीगण्डकी करिडोरका प्रसारण लाइन र फाइबर पोल बगाएपछि धवलागिरि क्षेत्रसहित विभिन्न जिल्लामा बिजुली र सञ्चार सेवा अवरुद्ध भएको छ। पर्वतको कुश्मा–१ सहश्रधारामा कालीगण्डकीको कटानले फाइबर जडित पोल बगाउँदा आइतबार बिहानदेखि म्याग्दी, बागलुङ र मुस्ताङमा नेपाल टेलिकम तथा निजी कम्पनीका मोबाइल, ल्यान्डलाइन र इन्टरनेट प्रभावित छन्। टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलका अनुसार करिब ५०० मिटर फाइबर जोडिएका ४ पोल बगेका छन्।

सञ्चार अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा समस्या परेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ३३ केभी लाइन बगेपछि बागलुङ, म्याग्दी, मनाङ र मुस्ताङमा बिजुली पूर्ण रूपमा बन्द छ। गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमका अनुसार बागलुङ र म्याग्दीमा आइतबार रातिसम्म बिजुली फर्काउन नयाँ टावर राखिँदै छ, तर मनाङ र मुस्ताङमा बाटोको समस्याले बढी समय लाग्नेछ।

रोल्पा, प्युठान र रुकुम पूर्वमा पनि आपूर्ति ठप्प छ। अर्घाखाँचीबाट प्युठान जाने ३३ केभी लाइन र दाङको मुर्कुटीमा चुँडिएको लमही–झिम्रुक १३२ केभी लाइन मर्मत भइरहेका छन्। प्राधिकरणका अनुसार करिब साढे तीन सय मेगावाट क्षमताका आयोजनाको उत्पादन रोकिएपछि उद्योगको बिजुली खपत घटाइएको छ।

मधेशमा ७८ पोल ढलेका छन्, १४ वितरण ट्रान्सफर्मर बिग्रिएका छन् र ३ सबस्टेसनमा पानी पसेको छ।

स्रोत

सम्बन्धित समाचार