१२ असोज २०८३ English
English

क्षतिग्रस्त सडक, पुल र खानेपानीको पुनर्निर्माण यसै महिना सुरु गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
क्षतिग्रस्त सडक, पुल र खानेपानीको पुनर्निर्माण यसै महिना सुरु गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

YouTube मा सब्स्क्राइब

पूर्वाधार विकास मन्त्री सुनील लम्सालले बाढी र पहिरोले भत्काएका सडक, पुल र खानेपानी संरचनाको पुनर्निर्माण असोजभित्रै थाल्ने प्रतिबद्धता जनाउनुभएको छ। आइतबार मन्त्रालयमा प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकाल र प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो। मन्त्री लम्सालका अनुसार पछिल्ला तीन दिनको क्षतिको तत्काल मूल्याङ्कन गरी बजेट छुट्याइनेछ र छिटो टेन्डर प्रक्रियाबाट काम अघि बढाइनेछ।

विस्थापित परिवारका लागि स्थानीय तहमार्फत अस्थायी आवास मिलाइने उहाँले बताउनुभएको छ। मन्त्रालयको विवरणअनुसार कालीगण्डकी करिडोरमा म्याग्दीको पोखरेबगर, बागलुङको मालढुङ्गा र तनहुँ–नवलपरासीको देदगाउँका पुलका पहुँच सडक बगेका छन्। कालीगण्डकीमाथिको पक्की पुलसमेत बगेको छ।

लमजुङको रामबजार–स्याङ्गेमा मर्स्याङ्दीको कटानले करिब ४० मिटर र मनाङको नासोँ–बगरछापमा करिब ५० मिटर सडक भासिएको छ। नासोँ–खोत्रोमा ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध छ। चामेमा ३ अस्थायी काठे पुल बगेका छन्।

रुकुम पूर्वको नाथीगाड र बागलुङ–पर्वतको जलजला फर्से झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। घिरिङ–बुलिङटार, स्याङ्जा–पाल्पा, पाल्पा–तनहुँ, पर्वत–स्याङ्जाको सेतीबेणी र बेनी–जलजला जोड्ने झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ। मन्त्रालयको प्रारम्भिक विवरणअनुसार देशभर ३१ खानेपानी आयोजनामा क्षति पुगेको छ।

पृथ्वी, बीपी र कान्ति लोकमार्गसहित दर्जनभन्दा बढी सडक पनि प्रभावित छन्।

स्रोत

सम्बन्धित समाचार