१४ कात्तिक २०८३ English
English

असोजको बाढी–पहिरो प्रभावित म्याग्दीमा निजी आवास पुनर्निर्माण कार्ययोजना तयार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
असोजको बाढी–पहिरो प्रभावित म्याग्दीमा निजी आवास पुनर्निर्माण कार्ययोजना तयार

YouTube मा सब्स्क्राइब

असोजको बाढी र पहिरोबाट प्रभावित म्याग्दी जिल्लामा निजी घरको प्रबलीकरण, पुनर्निर्माण र पुनर्स्थापनाका लागि कार्ययोजना तयार भएको छ। जिल्ला प्रशासन कार्यालयले बनाएको यो योजना विपद् व्यवस्थापन समितिको बैठकबाट पारित भई शुक्रबारदेखि कार्यान्वयनमा आएको छ। उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्थापछि काम अब पुनर्निर्माणको चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभएको छ।

उहाँका अनुसार निजी घरको पुनर्निर्माण आगामी जेठको दोस्रो हप्ताभित्र सक्ने लक्ष्य राखिएको छ। समयतालिकासहितको १२ बुँदे कार्ययोजनामा स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको जिम्मेवारी छुट्याइएको छ।

स्रोत

सम्बन्धित समाचार