नेपालविरुद्ध लिग २ शृङ्खलाका लागि क्यानडाको टोली घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र ओमानसँग हुने शृङ्खलाका लागि क्यानडाले १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको नेतृत्व ३६ वर्षीय विकेटकिपर ब्याटर हम्जा तारिकले गर्नेछन् भने श्रेयस मोभ्भालाई उपकप्तान बनाइएको छ। हम्जा लामो अन्तरालपछि क्यानडाको एकदिवसीय टोलीमा फर्कन लागेका छन्।
उनले सन् २०११ मा अफगानिस्तानविरुद्ध एकदिवसीय पदार्पण गरेका थिए र सन् २०१४ मा नेदरल्यान्ड्सविरुद्ध अन्तिम एकदिवसीय खेलेका थिए। सन् २०१४ मै क्यानडाले एकदिवसीय मान्यता गुमाएपछि उसका ५० ओभरका खेल लिस्ट ए मान्यतामा खेलिँदै आएका थिए। हम्जाले ७ एकदिवसीयमा ११६ रन र ३६ लिस्ट ए खेलमा ५५८ रन बनाएका छन्।
टोलीमा युवराज समरा, आरोन जोन्सन, समित गोहिल, आदित्य वरदराजन, हर्ष ठाकर, अजयवीर हुन्डल, अखिल कुमार, सुखजिन्दर सिंह, शील पटेल, कलीम साना, जाहिद शिरजाद, शिवम शर्मा र दिलराज देओल पनि छन्। पूर्वकप्तानद्वय साद बिन जफर र निकोलस किर्टनलाई भने टोलीमा समावेश गरिएको छैन। लिग २ अंकतालिकामा ओमान २८ खेलबाट ३१ अंक जोडेर चौथो स्थानमा छ।
क्यानडा ३२ खेलमा २५ अंकसहित छैटौँ र नेपाल ३२ खेलमा २४ अंकसहित सातौँ स्थानमा छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


