क्यानडा सुपर ६० खेल्न कप्तान इन्दु बर्मा क्यानडामा

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा क्यानडा सुपर ६० मा सहभागी हुन क्यानडातर्फ लागेकी छन्। टोरन्टो सिक्सर्सले उनलाई प्रतियोगिताको दोस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। यो प्रतियोगिता सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म क्यानडाको भ्यानकुभर सहरमा रहेको बीसी प्लेसमा हुने छ। क्यानडा सुपर ६० टी–१० ढाँचामा खेलिने फ्रेन्चाइज प्रतियोगिता हो, जसमा हरेक टोलीले १० ओभर ब्याटिङ गर्छ। महिला स्पर्धामा टोरन्टो सिक्सर्स, भ्यानकुभर वारियर्स र भ्यानकुभर एन्कर्स गरी तीन टोली प्रतिस्पर्धा गर्ने छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


