१२ असोज २०८३ English
English

रेखा पौडेल खेल्ने फ्नोम पेन क्राउनलाई कम्बोडियाली महिला लिगको उपाधि

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रेखा पौडेल खेल्ने फ्नोम पेन क्राउनलाई कम्बोडियाली महिला लिगको उपाधि

YouTube मा सब्स्क्राइब

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेल खेल्ने फ्नोम पेन क्राउन महिला एफसीले कम्बोडियाली महिला लिगको उपाधि जितेको छ। असोज ११ गते आइतबार ओलम्पिक स्टेडियममा भएको फाइनलमा क्राउनले विसाखा एफसीलाई ३–० गोलले पराजित गरेको छ। आठ टोलीबीच भएको लिग चरणमा क्राउन शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको थियो।

सेमिफाइनलमा क्राउनले अर्की नेपाली खेलाडी प्रीति राई आबद्ध प्रेह खान रिच स्वे रिएङ एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको थियो। पौडेलले क्लबका लागि खेलेको पहिलो खेलमै गोल गर्नुभएको थियो र उपाधि यात्रामा उहाँ टोलीको महत्त्वपूर्ण खेलाडीका रूपमा रहनुभयो। उपाधि जितेपछि पौडेलले क्राउनको महिला टोलीको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको बताउनुभएको छ।

उहाँले सिजनभरको परिश्रम, खेलमा आएको सुधार र बटुलेको अनुभवलाई ठूलो उपलब्धिका रूपमा उल्लेख गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार