मलेसियाको म्यानपावर सूचीमा विवाद, २५ कम्पनीको नाम हटाउन नेपालको अडान

मलेसियाको विदेशी कामदार व्यवस्थापन प्रणालीमा सूचीकृत २५ म्यानपावर कम्पनीको नाम हटाउनुपर्ने अडान नेपालले राखेको छ। मलेसियाले फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम अर्थात् एफडब्लुसिएमएसमा २५ कम्पनीलाई मुख्य एजेन्सी र तिनीअन्तर्गत २५० कम्पनीलाई सहायक एजेन्सीका रूपमा राखेको छ। यसरी नेपालबाट कामदार लैजान कुल २७५ एजेन्सी मात्र छानिएका छन्।
मलेसियाको यो संरचना स्वीकार्य नभएको भन्दै नेपालले आपत्ति जनाउँदै आएको छ। सरकारबाट इजाजत लिएर सञ्चालनमा रहेका सबै कम्पनीले मलेसियामा कामदार पठाउन पाउनुपर्ने सरकारको धारणा छ। म्यानपावर व्यवसायीहरू पनि यो नीतिप्रति असन्तुष्ट छन्।
मलेसियाले सीमित कम्पनी छानेर सिन्डिकेट खडा गरेको आरोप उनीहरूले लगाएका छन्। सबै कम्पनीले श्रमिक पठाउन पाउने व्यवस्थाका लागि सरकारले तुरुन्तै कूटनीतिक पहल गर्नुपर्ने माग व्यवसायीहरूले गरेका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


