९ असोज २०८३ English
English

विपद् प्रभावित बालबालिकाका लागि ठेचोमा ‘स्याहार योजना’ कार्यान्वयनमा

· १ मिनेट पढाइ
विपद् प्रभावित बालबालिकाका लागि ठेचोमा ‘स्याहार योजना’ कार्यान्वयनमा
तस्बिर: अनलाइनखबर

विपद्का कारण परिवारबाट छुटेका, अभिभावक तथा संरक्षकविहीन भएका र विशेष संरक्षणको आवश्यकता परेका बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ। योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बालअधिकार परिषद्ले यो केन्द्र सञ्चालनमा ल्याएको हो।

विपद् प्रभावित तथा विशेष संरक्षण आवश्यक परेका बालबालिकालाई तत्काल सुरक्षित आश्रय र आवश्यक संरक्षण सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र स्थापना गरिएको मन्त्रालयले जनाएको छ। केन्द्रमा सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोग उपलब्ध गराइनेछ। त्यस्तै बालबालिकाको पारिवारिक अवस्था पहिचान गर्नुका साथै उनीहरूका परिवार वा आफन्तको खोजीसमेत गरिनेछ।

बालबालिकाको सर्वोत्तम हित र सुरक्षा सुनिश्चित गर्दै सम्भव भएसम्म उनीहरूलाई परिवार वा उपयुक्त आफन्तसँग पुनर्मिलन गराइने मन्त्रालयको भनाइ छ।

यो समाचार भिडियोमा

विपद् प्रभावित बालबालिकाका लागि ठेचोमा ‘स्याहार योजना’ कार्यान्वयनमा

स्रोत

सम्बन्धित समाचार