९ असोज २०८३ English
English

पोखरामा नियमित उडान गर्ने पहिलो अन्तर्राष्ट्रिय वायुसेवा बन्दै फ्लाई दुबई

· १ मिनेट पढाइ
पोखरामा नियमित उडान गर्ने पहिलो अन्तर्राष्ट्रिय वायुसेवा बन्दै फ्लाई दुबई
तस्बिर: क्लिकमाण्डू

फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सेवा दिने पहिलो विदेशी वायुसेवा यही बन्ने भएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार यो वायुसेवाले साँझ करिब ६ बजेर १५ मिनेटमा पोखरामा अवतरण गरी करिब ७ बजेर १५ मिनेटमा फर्कने अनुमति पाएको छ।

उडानका लागि करिब १६० देखि १७० सिट क्षमताका एयरबस ए३१९ वा ए३२० मोडलका जहाज प्रयोग हुने उहाँले बताउनुभएको छ। यसले नेपालको पर्यटन प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश दिने उहाँको भनाइ छ। यसअघि सिचुआन एयरलाइन्सले चार्टर र हिमालयन एयरलाइन्सले साताको एक चार्टर उडान गरेका थिए।

लाभ नभएको भन्दै ती वायुसेवा लामो समय टिक्न सकेनन् र पछिल्लो एक वर्षदेखि यो विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन रहेको छ।

यो समाचार भिडियोमा

पोखरामा नियमित उडान गर्ने पहिलो अन्तर्राष्ट्रिय वायुसेवा बन्दै फ्लाई दुबई

स्रोत

सम्बन्धित समाचार