१७ असोज २०८३ English
English

सडक अवरुद्ध हुँदा सोह्र श्राद्धमा कागबेनी सुनसान

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सडक अवरुद्ध हुँदा सोह्र श्राद्धमा कागबेनी सुनसान

YouTube मा सब्स्क्राइब

भीषण वर्षाका कारण सडक अवरुद्ध भएपछि सोह्र श्राद्धमा तीर्थालुको घुइँचो लाग्ने मुस्ताङ जिल्लाको कागबेनी यस वर्ष सुनसान बनेको छ। असोज ९ देखि ११ गतेसम्म परेको वर्षापछि पहिरो र सडक कटानले बेनी–जोमसोम–कोरला सडकखण्ड बन्द हुँदा यहाँ श्राद्ध गर्न आउनेको सङ्ख्या नगण्य भएको छ। दामोदरकुण्डबाट बगेर आउने काली र मुक्तिनाथ क्षेत्रका धाराबाट आउने गण्डकी मिसिने यो संगमस्थलमा पिण्डदान र तर्पण गरे पितृ सन्तुष्ट हुने र पुण्य मिल्ने आस्था छ।

पितृपक्षमा तर्पण गर्न यहाँ स्वदेशका विभिन्न भागका साथै भारतबाट पनि तीर्थालु आउने गर्छन्। स्थानीय पुरोहित बालकृष्ण सुवेदीका अनुसार अघिल्ला वर्षहरूमा सोह्र श्राद्ध सुरु भएपछि दिनहुँ करिब ८ सयदेखि एक हजारसम्म तीर्थालु कागबेनी पुग्थे। यस वर्ष भने दैनिक करिब २० देखि ३० जना मात्र आइरहेको उहाँले बताउनुभएको छ।

तीर्थालुको आवागमन घटेपछि कागबेनी र जोमसोमका होटलमा पाहुना नआउँदा व्यवसाय प्रभावित भएको छ। चहलपहल नहुँदा श्राद्धकर्म गराउने पुरोहितहरू पनि अहिले फुर्सदिला बनेका छन्।

स्रोत

सम्बन्धित समाचार