१७ असोज २०८३ English
English

नेवार भाषा, कला र सम्पदा संरक्षणको कानुन बनाउन पहल गर्ने सभामुखको प्रतिबद्धता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेवार भाषा, कला र सम्पदा संरक्षणको कानुन बनाउन पहल गर्ने सभामुखको प्रतिबद्धता

YouTube मा सब्स्क्राइब

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा जोगाउन आवश्यक कानुन बनाउने काममा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ। ज्यापू समाज यलले ललितपुरमा शनिबार आयोजना गरेको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सांस्कृतिक सम्पदाको रक्षा वर्तमान पुस्ताको दायित्व भएको बताउनुभएको छ। स्थानीय समुदायसँगको प्रत्यक्ष संवादबाट आएका सुझाव र समस्यालाई कानुन निर्माणको तहसम्म पुर्‍याउने उहाँको भनाइ छ।

सभामुख अर्यालले ललितपुरका मठमन्दिर, परम्परा र मौलिक संस्कृति बचाउन नेवार समुदायको ठूलो योगदान रहेको उल्लेख गर्नुभएको छ। देशका विभिन्न सामाजिक र राजनीतिक आन्दोलनमा पनि नेवार समुदायको योगदान महत्वपूर्ण रहेको उहाँले स्मरण गराउनुभएको छ। अग्रजले छाडेका सम्पदा र संस्कृतिलाई जोगाएर नयाँ पुस्तालाई सुम्पनुपर्ने आवश्यकता पनि सभामुखले औँल्याउनुभएको छ।

सोही कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रका अधिकांश सम्पदा पुनर्निर्माणको काम सकिएको दाबी गर्नुभएको छ। बाँकी संरचनाको काम पनि करिब ९५ प्रतिशत पूरा भएको र अब बजेट अभावले रोकिएका अमूर्त सम्पदासम्बन्धी काम अघि बढाइने उहाँले जानकारी दिनुभएको छ। महानगरपालिकाले ज्यापू समाजसँग मिलेर मूर्त र अमूर्त सम्पदा संरक्षणमा काम गरिरहेको प्रमुख महर्जनको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार