२२ असोज २०८३ English
English

नबिल बैंकको साधारणसभाले ५ प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश पारित गर्‍यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नबिल बैंकको साधारणसभाले ५ प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश पारित गर्‍यो
तस्बिर: अनलाइनखबर

नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस सेयरसहित कुल १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ।

बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारणसभा भएको थियो। साधारणसभाले ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो।

यो लाभांश आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई वितरण गरिने हो।

साधारणसभाबाट बैंकको सञ्चालक समितिमा तीन जना सञ्चालक पनि निर्वाचित भएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार