रसुवागढी सडक जोड्न स्याफ्रुबेसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु

उत्तरी नाका रसुवागढी जोड्ने सडक सञ्जाल पुनःस्थापित गर्न रसुवाको स्याफ्रुबेसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माणको काम सुरु गरिएको छ।
बेलिब्रिज जडानका लागि फाउन्डेसन (जग) निर्माणको काम थालिएको हो। पुल जडानका लागि आवश्यक करिब १४ मिटरको फाउन्डेसन बनाउन दुई वटा स्काभेटरमार्फत जग खन्ने काम भइरहेको छ।
नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्र्याक पनि निर्माण गरिँदै छ।
बेलिब्रिज निर्माण सम्पन्न भएपछि चीनसँगको उत्तरी नाका रसुवागढी जोड्ने सडक सञ्जाल फेरि जोडिनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


