२२ असोज २०८३ English
English

एमालेले मंसिरमा स्थानीय कमिटीको अधिवेशन र राष्ट्रिय भेला गर्ने, विद्या भण्डारी सक्रिय राजनीतिमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एमालेले मंसिरमा स्थानीय कमिटीको अधिवेशन र राष्ट्रिय भेला गर्ने, विद्या भण्डारी सक्रिय राजनीतिमा
तस्बिर: रातोपाटी

नेकपा एमालेले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

निर्णयअनुसार वडा कमिटीको अधिवेशन मंसिरमा र पालिका कमिटीको अधिवेशन पुसमा हुनेछ। तल्लो तहका भेला सम्पन्न गरी पार्टीले आगामी मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको छ। पार्टीका सचिव महेश बस्नेतले राष्ट्रिय भेलाबारे जानकारी दिएका हुन्।

उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा चारवटा एजेन्डामाथि छलफल भएको छ। बैठक शुक्रबार पनि बस्ने गरी सकिएको छ।

यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। उनले बिहीबार च्यासलमा वरिष्ठ नेताको हैसियतमा शपथ लिएर स्थायी कमिटी बैठकमा सहभागिता जनाएकी थिइन्। बैठक सकिएको केही समयपछि अध्यक्ष ओली र भण्डारी पार्टी कार्यालयबाट सँगै बाहिरिएका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार