२२ असोज २०८३ English
English

कांग्रेस महाधिवेशन: बिहीबार मतदान हुन सकेन, शुक्रबार बिहान ७ बजेदेखि हुने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशन: बिहीबार मतदान हुन सकेन, शुक्रबार बिहान ७ बजेदेखि हुने
तस्बिर: सेतोपाटी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ। केन्द्रीय निर्वाचन समितिले शुक्रबार बिहान ७ बजेदेखि मतदान गराउने नयाँ समय तोकेको छ।

बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्म पुर्‍याइएको थियो, तर त्यसपछि पनि मतदान हुन सकेन। धेरै क्लस्टरमा उम्मेदवारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ भएको र मतपत्रमा हस्ताक्षर गर्न नभ्याइएकाले मतदान सारिएको जनाइएको छ। खराब मौसम र प्राविधिक कारण पनि औँल्याइएको छ।

निर्वाचन समितिका अनुसार २३ वटा डिजाइनमा २ लाख मतपत्र छापिएको छ। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधि ७ हजार ३७७ जना पुगेका छन्। खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदानस्थल तोकिएको छ।

महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले जानकारी दिएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार