१८ असोज २०८३ English
English

चिनियाँ राजदूत चाङ सात सदस्यीय टोलीसहित कोरला नाका हुँदै लोमान्थाङमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चिनियाँ राजदूत चाङ सात सदस्यीय टोलीसहित कोरला नाका हुँदै लोमान्थाङमा
तस्बिर: रातोपाटी

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली उत्तरी सीमानाका कोरला हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। राजदूत चाङ मुस्ताङ हुँदै नेपाल प्रवेश गरेका हुन्। मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले टोली लोमान्थाङ पुगेको जानकारी दिइन्।

राजदूत चाङ तीनदिने भ्रमणमा लोमान्थाङ पुगेका हुन्। टोलीमा पाँच जना चिनियाँ छन्। भ्रमणपछि टोली लोमान्थाङबाटै कोरला नाका हुँदै चीनतर्फ फर्कने कार्यक्रम रहेको जनाइएको छ।

रसुवागढी नाका बन्द भएपछि राजदूत चाङ कोरला नाकाको पछिल्लो अवस्था स्थलगत रूपमा बुझ्न त्यहाँ पुगेका हुन्। राजदूतसहितको उच्चस्तरीय टोलीले कोरला नाकाको निरीक्षण पनि गरेको छ।

कोरला मुस्ताङको उत्तरी सीमामा रहेको नाका हो। चिनियाँ राजदूत यही नाका हुँदै उपल्लो मुस्ताङ आएका हुन् र फर्कंदा पनि यही नाका प्रयोग गर्नेछन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार