अर्थमन्त्री वाग्ले अमेरिकामा, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति अमेरिका पुगेका छन्।
वासिङ्टन, डी.सी. पुगेका अर्थमन्त्री वाग्लेलाई कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत गरे।
अमेरिका बसाइका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
छलफल तथा भेटवार्ताका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीले क्षति पुर्याएका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा कुराकानी हुने जनाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


