२ कात्तिक २०८३ English
English

आरुघाटमा बेलिब्रिज जोडियो, सेनाले सडक विभागलाई हस्तान्तरण गर्‍यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आरुघाटमा बेलिब्रिज जोडियो, सेनाले सडक विभागलाई हस्तान्तरण गर्‍यो

YouTube मा सब्स्क्राइब

गोरखाको आरुघाटमा बूढीगण्डकी नदीको बाढीले बगाएको पुलको ठाउँमा बेलिब्रिज जोडिएपछि गोरखा र धादिङबीचको आवागमन फेरि सुरु भएको छ। नेपाली सेनाले सोमबार निर्माण सम्पन्न गरी बेलिब्रिज सडक विभागलाई हस्तान्तरण गरेको छ। गत असोज २५ गते बिहानपख बूढीगण्डकीमा आएको आकस्मिक बाढीले आरुघाटको पक्की पुलको गोरखातर्फको करिब २२ मिटर भाग बगाएको थियो।

पुल नहुँदा स्थानीयवासीलाई नदी वारपार गर्न समस्या भएको थियो। नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा असोज ३१ गतेदेखि सुरु गरिएको निर्माण कार्य पुल बगेको ९ दिनमै पूरा भएको हो। करिब २७ मिटर लामो यो बेलिब्रिजले अधिकतम २५ टनसम्म भार थेग्न सक्ने जनाइएको छ।

हाललाई पुलबाट पैदलयात्री र मोटरसाइकललगायत दुई पाङ्ग्रे सवारीसाधनलाई मात्र वारपार गर्न दिइएको छ। चार पाङ्ग्रे सवारीसाधन भने भोलि मङ्गलबारदेखि सञ्चालन गर्न दिइने जनाइएको छ।

स्रोत

सम्बन्धित समाचार