९ असोज २०८३ English
English

चीनको अन्तरिक्ष केन्द्रमा १४ प्रजातिका बाली हुर्काउने प्रयोग

· १ मिनेट पढाइ

अन्तरिक्षमा मानवको लामो बसाइ सम्भव बनाउने उद्देश्यले चीनले आफ्नो थियानगोङ अन्तरिक्ष केन्द्रमा खाद्य बाली उत्पादनको प्रयोगलाई तीव्र बनाएको छ। अन्तरिक्ष केन्द्रलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको जानकारीअनुसार त्यहाँ हालसम्म १४ प्रजातिका २० भन्दा बढी किसिमका वनस्पति तथा बाली सफलतापूर्वक उत्पादन भइसकेका छन्। केन्द्रमा सलादपात, गाजर, सूर्यमुखी, आलु र गहुँजस्ता दैनिक उपभोगका बाली हुर्काइएका छन्।

बिरुवालाई विशेष माध्यम, पोषणयुक्त पानी र हावामा आधारित प्रविधिको सहायताले बढाइएको छ। वैज्ञानिकहरूले गहुँ खेतीमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेका छन्। अन्तरिक्षमै गहुँले बीउदेखि बाली पाक्नेसम्मको सम्पूर्ण चक्र पूरा गरेको छ।

पहिलो बालीबाट निकालिएको बीउबाट उमारिएको दोस्रो पुस्ताको गहुँ पनि अहिले काट्ने अवस्थानजिक पुगेको छ। यो प्रयोगले पृथ्वीबाट खाद्यान्न र बीउ बारम्बार पठाउनुपर्ने बाध्यता उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ।

यो समाचार भिडियोमा

चीनको अन्तरिक्ष केन्द्रमा १४ प्रजातिका बाली हुर्काउने प्रयोग

स्रोत

सम्बन्धित समाचार