१९ असोज २०८३ English
English

विश्व पशु दिवस: छुट्टै पशु कल्याण ऐन चाहिने सरोकारवालाको माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विश्व पशु दिवस: छुट्टै पशु कल्याण ऐन चाहिने सरोकारवालाको माग

YouTube मा सब्स्क्राइब

विश्व पशु दिवसका अवसरमा पशु कल्याणका क्षेत्रमा काम गर्ने सरोकारवालाले जनावरलाई कानुनमै संवेदनशील जीवका रूपमा मान्यता दिन माग गरेका छन्। उनीहरूले पशु कल्याणलाई पशु सेवासम्बन्धी कानुनभित्रै सीमित नगरी छुट्टै पशु कल्याण ऐन बनाउनुपर्ने माग पनि राखेका छन्। एनिमल नेपालले आइतबार सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रियामा यी माग उठेका हुन्।

संस्थाकी कार्यक्रम संयोजक सुलक्षणा राणाले जनावरले पीडा र डर महसुस गर्छन् भन्ने कुरा मान्ने हो भने तिनको कल्याणका लागि अलग्गै कानुन आवश्यक हुने बताउनुभएको छ। उहाँका अनुसार पशु सेवा र पशु कल्याणको उद्देश्य फरक भएकाले कल्याणलाई एउटै कानुनको एउटा अध्यायमा मात्र राख्नु हुँदैन। सरकारले अघि बढाएको पशु सेवा तथा पशु कल्याण विधेयक, २०८३ मा पशुपालन व्यवसाय, खाद्य सुरक्षा, पशु उत्पादन, बिक्री र आयात–निर्यातजस्ता विषय समेटिएका छन्।

विश्व पशु दिवस हरेक वर्ष अक्टोबर ४ मा मनाइन्छ। जनावरको पूजा गरिने नेपालमा तिनको संरक्षणका लागि छुट्टै कानुन अझै बनेको छैन।

स्रोत

सम्बन्धित समाचार