२२ असोज २०८३ English
English

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प, पश्चिममा लगातार धक्का

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प, पश्चिममा लगातार धक्का

YouTube मा सब्स्क्राइब

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति ९ बजेर ३७ मिनेटमा बाजुराको बाह्रबिसे आसपास केन्द्रबिन्दु रहेको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको छ। पछिल्लो समय सुदूरपश्चिम र कर्णाली प्रदेश आसपासका क्षेत्रमा लगातार भूकम्पका धक्का मापन भइरहेका छन्।

बाजुराको भूकम्पभन्दा एक दिनअघि, असोज २० गते राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केन्द्रबिन्दु नेपालको दार्चुलाबाट करिब एक सय किलोमिटर पश्चिममा थियो। भारतमा केन्द्रबिन्दु भए पनि त्यसको धक्का नेपालको सुदूरपश्चिममा महसुस गरिएको थियो।

स्रोत

सम्बन्धित समाचार