११ असोज २०८३ English
English

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट

YouTube मा सब्स्क्राइब

प्यासिफिक एसिया ट्राभल एसोसिएसन, अर्थात् पाटाको नेपाल च्याप्टरको नयाँ अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित हुनुभएको छ। च्याप्टरको ५१औँ वार्षिकोत्सवका अवसरमा आज भएको निर्वाचनले भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। भट्ट हेरिटेज टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक हुनुहुन्छ।

महासचिवमा स्क्वायर होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल र कोषाध्यक्षमा अल्पाइन रेस्क्यु सर्भिसका अध्यक्ष प्रकाशचन्द्र लोहनी चुनिनुभएको छ। कार्यसमिति सदस्यमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ, सुमन घिमिरे, सुनीलबहादुर भट्टराई, माया शाक्य, सरिता लामा, सिद्धार्थविक्रम थापा र वासुदेव ढुङ्गाना रहनुभएको छ। यस्तै, सात जना पोक्सी सदस्य पनि चयन भएका छन्।

पाटा नेपालको व्यवस्थाअनुसार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रथम उपाध्यक्ष र नेपाल एयरलाइन्सका मार्केटिङ निर्देशक द्वितीय उपाध्यक्ष रहनेछन्। पर्यटन विभाग र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित सरकारी निकायका प्रतिनिधि पदेन सदस्य हुनेछन्। नवनिर्वाचित अध्यक्ष भट्टले पर्यटन क्षेत्रको पुनरुत्थान, प्रभावित समुदाय र गन्तव्यलाई सहयोग तथा उद्योगलाई एकजुट बनाएर अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

समारोहमा भोटेकोशी बाढी सङ्कटलगायतका अवस्थामा साहसिक योगदान दिएका सात व्यक्तिलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा सुरुङ विशेषज्ञ प्राध्यापक आर्नल्ड डिक्स र नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन प्रिया अधिकारी हुनुहुन्छ। निवर्तमान अध्यक्ष खेम लकाईले सदस्य र सरोकारवालालाई निरन्तर सहयोगका लागि धन्यवाद दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार